काभ्रे । खानीखोला गाउँपालिकामा २ दिने कफी खेती विकास तालिम सम्पन्न भएको छ । खानीखोला गाउँपालिकाको कृषि शाखा र श्री सिमलटार जनएकता कृषक समुह खानीखोला ६ को ५० प्रतिशत साझेदारीमा उक्त कार्यक्रम सम्पनन भएको हो ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङको प्रमुख अतिथ्यतामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगतको कफी पकेट विकास कार्यक्रममा २ दिने कफी खेती विकास तालिमसँगै कृषि तथा मेशीनरी सामाग्री समेत वितरण गरिएको बताइएको छ ।