सन्तोष दहाल, ललितपुर । गोदावरी नगरपालिका ३ मा वडा सदस्यहरुलाई मतलब नगरी वडा कार्यालय आफ्नो कार्यकर्ताले भर्ने र वडालाई माओवादीको पार्टी कार्यालय वडा अध्यक्ष सानुराजा घिमिरेले बनाएको आरोप सदस्यहरुले लगाएका छन् । वडा सदस्यहरु सन्तोष कुँवर, संगीता तामाङ्ग, दिपक लामा र सविना नेपालीले संयुक्त रुपमा एक प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।
गत जेठ २१ गते वडाभित्रका व्यवसायी, शिक्षाकर्मी, सहकारीकर्मीसँग वडासदस्यहरुले गरेको योजनासम्बन्धी छलफललाई एमालेको वैठक वडामा नगर्न फेसबुकमार्फत निर्देशन दिएका अध्यक्ष घिमिरेले हाल यसप्रति ध्यानाकर्षण भएको भन्दै वडा सदस्यहरुलाई आफ्नो कार्य कक्षमा वडाको सार्वभौम सम्पन्न जनताहरुसँग छलफल गर्न रोक्ने अधिकार राज घिमिरे भन्ने व्यक्तिलाई कसले दियो भन्ने प्रश्न वडा सदस्यहरुले विज्ञप्तिमार्फत गरेका छन् ।
वडाभित्र काम गर्न आएका संघसंस्था होस वा नेपाल सरकारको योजना कुनैमा पनि वडासदस्यहरुसँग छलफल नगरी मनोमानी ढंगले कार्य गरेको र वडाको कार्यालयको मुल ढोकाको साँचो समेत आफ्नो कार्यकर्तालाई सुम्पिएको आरोप वडा सदस्यहरुको छ ।
वडा सदस्यहरुलाई मतलब नगरी वडा कार्यालय आफ्नो कार्यकर्ताले भर्ने र वडालाई माओवादीको पार्टी कार्यालय वडा अध्यक्ष सानुराजा घिमिरेले बनाएको आरोप सदस्यहरुको छ ।
वडा अध्यक्षले जस्तै चुनाव लडेर वहाँले भन्दा बढि जनमत लिएर आएको वडा सदस्य निर्वाचित भएको अध्यक्षलाई स्मरण गर्न प्रेस विज्ञप्तिमा भनिएको छ ।
प्रेस विज्ञप्तिको पूर्ण पाठ
प्रेस विज्ञप्ति
हिजो मिति २०८० जेष्ठ २१ बेलुका ९ ५४ मिनेटमा यसै वडा नं ३ भित्रका व्यवसायी, शिक्षाकर्मी, सामुदायिक वनको अध्यक्ष, सहकारीकर्मीहरुले हामी यसै वडाका चार जना वडा सदस्यहरुसँग आगामी आ.ब.को योजना, विकासका कार्यक्रमको बारेमा गरेको सानो छलफललाई राजनैतिक रंग दिएर एमालेको बैठक नगर्न नगराउन भनि निर्देशन दिन चाहान्छु भनि राज घिमिरे नामको फेसबुकमार्फत गरेको पोष्टप्रति हामी चार जना वडा सदस्यहरुको गम्भीर ध्यानार्कषण भएको छ । राज घिमिरे यस वडाको के हो ? वडा सदस्यहरुलाई आफ्नो कार्य कक्षमा यसै वडाको सार्वभौम सम्पन्न जनताहरु संग छलफल गर्न रोक्ने अधिकार राज घिमिरे भन्ने व्यक्तिलाई कसले दियो ? अनि गोदावरी न.पा ३ वडा सरकार प्रमुख भनेर लेखिएको देखियो । गोदावरी नगरपालिका वडा नं ३ को सरकार प्रमुख को हो ? राज घिमिरे की सानुराजा घिमिरे ? यस विषयमा गोदावरी नगरकार्यापालिको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौ । स्मरण रहोस यो वडाको वडा अध्यक्ष सानुराजा घिमिरे हो ।
यस वडाको समृद्धि र विकासमा हामीले सदैव सकारात्मक भुमिका निर्वाह ग¥यौं । नगर, प्रदेश र संघबाट विनियोजित बजेटलाई कार्यान्वयन गराउने सन्दर्भमा हामी वडा सदस्यहरुसँग कुनै बैठक र संवाद नै नगरी मनलाग्दी आफ्ना कार्यकर्ताहरुलाई योजना सुम्पिएर आफ्नो जयजयकार गाउन लगाएको त हामीले सामाजिक संजालमा प्रष्ट देखेको छौं ।
वडाभित्र काम गर्न आएको संघसंस्था होस वा नेपाल सरकारको योजना कुनैमा पनि हामी निर्वाचित वडा सदस्यलाई मतलब नराखी मनोमानि ढंगले कदम चाल्दा बारम्बार भन्दा पनि वास्ता गरिएन । वडाको कार्यालयको मुल ढोकाको साँचो समेत आफ्नो कार्यकर्तालाई सुम्पिएको छ । यस विषयमा र वडाभित्र जनतासँग प्रत्यक्ष सरोकार राख्ने कागजपत्रको सुरक्षा र गोपनीयता माथि प्रश्न चिन्ह उठेको छ यस विषयमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ ।
वडा सदस्यहरुलाई मतलब नै नगरी वडा कार्यालय आफ्नो कार्यकर्ताले भर्ने र पार्टी कार्यालय भई आफुले संचालन गरेको स्मरण गर्न वडा अध्यक्ष सानुराजा घिमिरेलाई अनुरोध गर्दछौं । स्मरण रहोस वडा अध्यक्षले जस्तै चुनाव लडेर वहाँले भन्दा बढि जनमत लिएर आएको वडा सदस्य हौं । सामाजिक सञ्जाल चलाउन हामीलाई पनि आउँछ । लेख्न हामी पनि सक्दछौ । हामी यस वडाका नागरिकको हित र समृद्धिमा संधै साथमा छौ । तर, यसलाई हाम्रो कमजोरी सम्झिएको हो भने हामी यसको प्रतिवाद गर्न सामथ्र्य राख्छौं । निर्वाचित भएपछि हामीले आफुलाई सामाजिक व्यक्तित्व जनप्रतिनिधिको रुपमा मात्र हे¥र्यौं । वहाँले जस्तो कुनै पार्टीको कार्यकर्ता जसरी प्रस्तुत गरेनौं ।
अन्तमा राज घिमिरेलाई यो प्रश्न गर्न चाहान्छौ की तपाईले भन्नुभएको कथित बैठकमा नेकपा एमालेको झण्डा थियो ? पार्टीको बैठक झल्काउने कुनै पर्चा थियो ? स्मरण रहोस कुनै पनि नेपाली नागरिकले आफुले चुनेको जनप्रतिनिधि चाहे त्यो वडा सदस्य, वडा अध्यक्ष, मेयर, उपमेयर, सांसद, मन्त्री, प्रधानमन्त्री लगायत सम्माननिय राष्ट्रपतिज्युलाई समेत प्रकृया पु¥याएर भेट्न सक्छ । तपाई राज घिमिरे नामक व्यक्ति को हो, हाम्रो वडाको जनतालाई हामी जन प्रतिनिधिलाई भेट्न रोक लगाउने ? धन्यवाद
गोदावरी नगरपालिका वडा नं ३ को वडा सदस्य सन्तोष कुँवर
गोदावरी नगरपालिका वडा नं ३ को वडा सदस्य संगीता तामाङ्ग
गोदावरी नगरपालिका वडा नं ३ को वडा सदस्य दिपक लामा
गोदावरी नगरपालिका वडा नं ३ को वडा सदस्य सविना नेपाली
बोधार्थ : गोदावरी नगरपालिकाको कार्यालय
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google