पोखरामा स्कुल बस दुर्घटना हुँदा आमाछोराको मृत्यु

दर्पण दैनिक १४ श्रावण २०८१,११:३८
post

कास्की । पोखरामा सोमबार बिहान भएको बस दुर्घटनामा एक विद्यार्थीको पनि मृत्यु भएको छ । पोखरा महानगरपालिका–२१ बाट विद्यार्थी बोकेर पोखरा–१७ स्थित एलपी देवकोटा विद्यालयतर्फ आउँदै गरेको बस दुर्घटना भएको थियो । पोखरा–२१ स्थित मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटना हुँदा चालक, सहचालकसहितका विद्यार्थी घाइते भएका थिए ।

उक्त दुर्घटनामा घाइते भई गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा–२१, रामादीका ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको हो । प्रहरीका अनुसार, सोही विद्यालयमा सहयोगीका रूपमा कार्यरत ३३ वर्षीया आरती विकको पनि उपचारका क्रममा मृत्यु भएको छ । उनीहरू आमाछोरा हुन् ।

दुर्घटनामा अरू २८ जना घाइते छन् । गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराएको छ । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४