प्रहरी निरीक्षक भुपेन्द्र गिरी बागलुङका उत्कृष्ट प्रहरी घोषित

दर्पण दैनिक २६ माघ २०७९,१४:०३

बागलुङ बजार क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्नका लागि सीसी टीभीमार्फत निगरानी र अपराध अनुसन्धानलाई प्रमाणमुखी बनाउन विभिन्न संघसंस्थासँग समन्वय गरेर महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हाे ।

post

बागलुङ । जिल्ला प्रहरी कार्यालय, बागलुङमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) भुपेन्द्र गिरीलाई महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । बागलुङ बजार क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्नका लागि सीसी टीभीमार्फत निगरानी र अपराध अनुसन्धानलाई प्रमाणमुखी बनाउन विभिन्न संघसंस्थासँग समन्वय गरेर महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

उनले बागलुङ नगरपालिका, उद्योग वाणिज्य संघ र बैंकर्स एसोसियसन बागलुङसँग समन्वय गरेर करिब २५ लाख रुपैयाँ बराबरको स्रोत व्यवस्थापन गरेर १३४ वटा सीसी टीभी जडानका लागि म्यापिङ कार्य गरेको बागलुङका एसपी दयानिधि ज्ञवालीले उल्लेख गरेका छन् ।

उनले प्रहरी आवास सुधार कार्यक्रम, समुदाय प्रहरी साझेदारी कार्यक्रम, फरार प्रतिवादी पक्राउ अभियान लगायतमा पनि उत्कृष्ट काम गरेको भनिएको छ । त्यसवापत उनलाई प्रोत्साहन स्वरुप अभिलेखमा जाने गरी नगदसहित पुरस्कृत गरिएको जनाइएको छ । गिरी सर्लाही जिल्लामा कार्यरत रहँदा पनि महिनाको उत्कृष्ट प्रहरी घोषित भएका थिए ।

यसअघि कोरोनाकालमा महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठकाे इन्चार्ज हुँदा पनि गिरी पुरुस्कृत भएका थिए । उनले लकडाउनको समयमा बुढानिलकण्ठका विभिन्न संघ संस्था तथा अन्य सरोकारवाला निकायहरुसँग समन्वय गरेर समस्यामा परेकानागरिकलाई राहतस्वरुप खाना वितरणमा समेत काम गरेका थिए । 

लकडाउनको समयमा गिरीको पहलमा भएको कार्यक्रमको भिडियोको लिंकअति विपन्नलाई झण्डै २ महिना खाना बितरण

याे पनि : हामी २४सै घण्टा सेवामा छौं, समस्या परे सिधा फोन गर्नुहोस: प्रहरी निरिक्षक - भुपेन्द्र गिरी
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: