सडक निर्माणकाे उद्घाटन गर्न पुगेका वीरेन्द्रनगर ३ का अध्यक्षमाथि हातपात

दर्पण दैनिक २१ फाल्गुन २०७९,०७:४८
post

सुर्खेत | सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिनाेद सिह बिष्टमाथी हातपात भएको छ । विरेन्दनगर नगरपालिका वडा नं ३ काे सरस्वती टाेलमा रहेको एक सडककाे कच्ची नाला खन्ने क्रममा विवाद उत्पन्न भएपछि अध्यक्ष बिष्ट माथि हातपात भएको हाे ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय कर्णाली प्रदेश सुर्खेतमा कार्यरत उप सचिव बताउने नेत्रबहादुर कार्कीले अध्यक्ष बिष्टमाथी हातपात गरेका हुन् । सडककाे मापदण्ड पूरा गर्ने र विवाद भएको ठाउँमा विवाद मिलाउने क्रमामा वडा अध्यक्ष बिष्टसहितको टोली सडक निर्माणकाे उद्घाटन गर्न पुगेका थिए ।

विवाद भएको ठाउँमा मिलाउदै जाने क्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय कर्णाली प्रदेश सुर्खेतमा कार्यरत बताउने कार्कीकाे घर अगाडि पुगेपछि कार्कीले त काे हाेस भन्दै हात हालेकाे अध्यक्ष विष्टले सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियोमा देखिन्छ ।

अध्यक्ष विष्टमाथि हातपात गरिएको भन्दै कार्की विरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन दिइएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: