सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८०-८१ काे लागि ५८ करोड १७ लाख ७० हजार ३ सय ५० रुपैयाँकाे बजेट ल्याएको छ । सिम्ता गाउँपालिकाको गाउँसभाकाे १३औं अधिवेशनमा उपाध्यक्ष गोमा शर्मा (रेग्मी)ले विनियोजित बजेट प्रस्तुत गरेकी हुन् ।
विनियोजित बजेट ५८ करोड १७ लाख ७० हजार ३ सय ५० रुपैयाँमध्ये चालू तर्फ ३८ करोड ७२ लाख ८४ हजार ५ सय २१ रुपैयाँ ९९ पैसा र पुँजिगत तर्फ १९ करोड ४४ लाख ८५ हजार ८ सय २८ रुपैयाँ विनियोजन गरिएको छ ।
सभामा विभिन्न विषयगत समितिका संयोजकहरूले आ-आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । गाउँ सभाको संचालन सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले गरेका थिए ।
सिम्ता गाउँपालिकाले यस वर्ष गौरवका आयोजनाहरु शहिद ऋषिस्मृति चक्रपथमा २ करोड र शहिद ईन्द्र विसी द्रुतमार्गमा २ करोड विनियोजन गरेकाे छ । गाउँपालिकाले वृहत फलफूल खेती कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google