सुर्खेत । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप-सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ । यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन्। सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
३४६ मत पाएर एमाले सुर्खेतकाे उपाध्यक्षमा निर्वाचित मोहन बडुवाल २०७९ मंसिरमा भएको चुनावमा एकीकृत समाजवादीबाट चुनाव लडेका बडुवाल पराजित भएका थिए । एकीकृत समाजवादीका सुर्खेत अध्यक्षसमेत रहेका उनी गत २०८० भदाैमा एमालेमै फर्किएका थिए । पार्टी विभाजन हुनु भन्दा अगाडि उनी एमालेको जिल्ला सचिव रहेका थिए । पार्टी विभाजनपछि भने उनी समाजवादीमा लागेका थिए ।
अन्तिम मतपरिणाम
कुलमत ४८६
अध्यक्ष
- कुलमणि देबकोटा ३५१
- अमृत बहादुर बिसी १३२
उपाध्यक्ष
- मोहनसिहं बढुवाल ३४६
- तारा केशर गौतम १३०
सचिव
- डम्बर तिवारी २९१
- डण्डि प्रसद शर्मा १८९
उपसचिव
- टिकाराम सोमै ३२४
हरि प्र. अधिकारी १३४
महिला उपसचिव
- शुसिला विश्वकर्मा ३३५
- तृप्ती बिक १३३