खानीखोला गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

दर्पण दैनिक १७ असार २०८०,२०:१२
post

काभ्रे । खानीखोला गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा गरिएको छ । आज एक कार्यक्रमकाबीच पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा गरिएको हो । 

निःशुल्क शिक्षा पालिका घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत र सबै वडाका वडाध्यक्ष, शिक्षा शाखा प्रमुख र कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो । 


गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार प्रदेश सरकारको ४२ लाख बजेटको योजनामा ३ महिने अनिवार्य तथा निःशुल्क शिक्षा अभियान चलाइएको थियो । सो अभियान पश्चात आज पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा गरिएको अध्यक्ष इन्द्रबहादुर थिङले बताए । 

दर्पण दैनिकसँगको कुराकानीमा उनले भने, ‘सरकारले मावि तहसम्म अनिवार्य निःशुल्क शिक्षा भनेको छ, त्यसलाई सार्थक बनाउन हामीले यो प्रयास गरेका हौं ।’ अब पालिकामा विद्यालयभन्दा बाहिर रहेका सबै बालबालिकालाई विद्यालय भर्ना गरिने अध्यक्ष थिङले बताए । उनले विद्यालयभन्दा बाहिर रहेका ४ वर्षदेखि १३ वर्ष सम्मका बालबालिकालाई विद्यालय भर्ना गरेर शैक्षिक सामाग्री निःशुल्क दिने बताए । 

प्रदेश सरकारको सहयोगमा सञ्चालित तीन महिने अभियानबाट बालबालिकालई विद्यालय भर्ना गर्ने कार्य सकिएको र सो अभियान सफल भएपछि यो घोषणा गरिएको अध्यक्ष थिङले जानकारी दिए । तीन महिने अनिवार्य तथा निःशुल्क अभियान सफल भएको उनको दाबी छ । 

अध्यक्ष थिङका अनुसार हाल खानीखोला गाउँपालिकामा ३८ वटा विद्यालय छन्, भने ती विद्यालयहरुमा करीब पाँच हजार विद्यार्थी पठनपाठन गर्छन् । पालिकाभरीमा कुनै पनि नीजि विद्यालय छैन् । आगामी आर्थिक वर्षमा पालिकाले अभिभावक शिक्षा कार्यक्रम चलाउने अध्यक्ष थिङले बताए । 


यी हुन् खानीखोला गाउँपालिकाले शिक्षा क्षेत्रको लागि आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा समावेश गरेका कार्यक्रमहरु

 

१. आवश्यकता र वास्तविक जीवनसँग जोड्ने र काम सिकाउने जीवन उपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरी एक विद्यालयबाट नमूनाको रूपमा शुरूआत गर्ने र क्रमशः सवै विद्यालयमा सो अनुसारको पठनपाठनको व्यवस्था मिलाइनेछ ।

२. शिक्षा नियमावली, शिक्षा नीति, वहुभाषा शिक्षा निर्देशिका जस्ता कानुनी तथा नीतिगत व्यवस्था मार्फत शिक्षा क्षेत्रको गुणस्तर नियमन एवम्प्रवद्र्धन गरिनेछ ।

३. गाउँपालिकाको स्थानीय तथा मातृभाषा पाठ्यक्रम तर्जुमा गरी लागूगरि सकिएकोले यसै आर्थिक वर्षमा पाठ्यपुस्तक मुद्रण तथा छपाइ गरी स्थानीय तथा मातृभाषा पाठ्यक्रम कार्यान्वयनमा थप विस्तार गरिनेछ ।

४. विद्यालय बाहिर रहेका र बीचमैविद्यालय छोड्ने बालबालिकाहरूलाई विद्यालय शिक्षा पूरा गर्न प्रोत्साहनका लागि विशेष प्याकेज सञ्चालन गरिनेछ ।

५. विद्यालयहरूको भौतिक पूर्वाधार, स्वास्थ्य तथा सरसफाइ सुविधा र आधारभूत खानेपानी सुविधा विस्तार गर्दै शिक्षकहरूको पेशागत क्षमता विकासका लागि निरन्तर तालिम सञ्चालन गरिनेछ ।

६. विषयगत शिक्षकहरूकोअभिलेख व्यवस्थापन गरी गाउँपालिकाको शैक्षिक विकासमा उनीहरूको अनुभवलाई उपयोग गरिनेछ ।

७. सबै विद्यालयहरूमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिइनेछ ।

८. सबै शिक्षकहरूलाई प्रविधिमैत्री बनाइनेछ ।

९. अनुगमन, निरीक्षण र सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाइनेछ ।

१०. आफ्ना बालबालिका र विद्यालयप्रतिको भूमिकाबारे जिम्मेवार बनाउन विद्यालय व्यवस्थापन समिति र अविभावक बीच निरन्तर अन्तक्र्रिया र अनुशिक्षणात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।

११. अनाथ तथा असहाय बालबालिकाका लागि निःशुल्क आवासीय शिक्षा सञ्चालनमा निरन्तरता दिइनेछ ।

१२. सामुदायिक अध्ययन केन्द्रलाई सञ्चालनमा ल्याइनेछ र हरेक वडामा एउटा सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा जोड दिइनेछ ।

१३. गाउँपालिकास्तरीय अतिरिक्त शैक्षिक क्रियाकलाप सञ्चालन गरिनेछ र विद्यालय स्तरमा सञ्चालन गर्न आर्थिक सहायता उपलब्ध गराइनेछ ।

१४. गाउँपािलकास्तरीय परीक्षा प्रणाली लागू गरी Home Centre विहीन बनाई स्तरयुक्त बनाइनेछ ।

१५. विद्यालयको भौतिक निर्माण र मर्मत कार्यलाई निरन्तरता दिइनेछ ।

१६. अपुग शिक्षक पदपूर्तिका लागि स्वयंसेवक शिक्षक कार्यविधि कार्यान्यवनमा ल्याइनेछ ।

१७. एस.इ.इ. परीक्षा दिनबाट बञ्चित रहेका वा एस.इ.इ. परीक्षा नदिई बसेका वा एस.इ.इ. पूरक परीक्षा पनि दिन नपाउने शैक्षिक योग्यता भएका विद्यार्थीहरुलाई खुला विद्यालय मार्फत एस.इ.इ. परीक्षा दिन पाउने व्यवस्था मिलाइनेछ ।

१८. अविभावकसँग निरन्तर अन्तक्र्रिया कार्यक्रमबाट प्राप्त सुझाव जस्ताको त्यस्तै शिक्षक अविभावक सब्घ र विद्यालय व्यवस्थापन समिति मार्फत प्रत्येक विद्यालयका प्रधानाध्यापकसम्म पुर्याई शैक्षिक गुणस्तर सुधारका लागि सम्बन्धित प्रधानाध्यापकलाई पूर्ण जिम्मेवार र जवाफदेही बनाइनेछ ।

१९. आधारभूत (कक्षा ५ देखि ८ कक्षासम्म) तहदेखि माध्यमिक तहसम्मका सबै विद्यालयमा इन्टरनेट
सेवा विस्तार गरिनेछ ।

२०. बालबालिकाको प्रारम्भिक शिक्षण बालविकास केन्द्रबाट हुने भएकोले यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विशेष योजना बनाई आवश्यकता अनुसार पुनरावलोकन र विस्तार गरिनेछ ।

२१. आगामी तीन वर्षभित्रमा खानीखोला गाउँपालिकामा एक प्राविधिक शिक्षालय र एक सामुदायिक
क्याम्पस स्थापना गरिनेछ ।

२२. गाउँपालिकाका अल्पसब्ख्यक र दलित समुदायबाट एस.इ.इ. परीक्षामा उत्कृष्ट अब्क ल्याएका एक÷एक जना छात्रालाई स्नातक तहसम्मकोछात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

२३. सामुदायिक विद्यालयका शिक्षण कार्यलाई गुणस्तरीय र परिणाममुखी बनाउन गाउँपालिका शिक्षा शाखा र सबै विद्यालयका प्रधानाध्यापकसँग कार्य सम्पादन करार गरिनेछ । साथै गाउँपालिकाको सम्पूर्ण विद्यालयका शैक्षिक कार्यक्रममा एक रुपता ल्याउन शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्न गराउन लगाइनेछ ।

२४. यस गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार तथा शैक्षिक अनुसन्धानात्क कार्यका लागि काठमाडौँ विश्वविद्यालय लगायत सब्घ, प्रदेश र जिल्लास्तर अन्तर्गतका उत्कृष्ट शिक्षण संस्थासँग सहकार्य गरिनेछ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: