काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका ११ कालढुंगामा विद्युतकाे केन्द्रीय प्रसारण लाईन जडान भएको छ । अब वडा ११ का १३५ घरधुरीमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली बल्ने भएको हो । सोमबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले प्रसारण लाइनको एमसिबीबक्समा स्वीच अन गरेर शुभारम्भ गरे । प्रसारण लाइन जडान कार्यक्रममा नेपाली कांग्रेस रोशी गाउँ कार्यसमितिका सभापति दुधराज लामा, वडाध्यक्ष लालकुमार पाख्रिन लगायतको सहभागिता रहेको थियो ।
सो वडामा केही समय अगाडि ३८ घरमा लाइन जोडिसकेको थियो भने अहिले १३५ घरधुरीमा जडान गरेको हो । वडामा ८ सय घरधुरीमा केन्द्रीय प्रसारण लाइन नभएकोमा एक सय ७३ घरधुरीमा जोडिएको छ । अन्य घरधुरीमा छिटै लाइन जोडिने गाउँपालिकाका अध्यक्ष लामाले बताए । केन्द्रीय प्रसारण लाइन जडानको लागि ५ करोडमा ठेक्का लागेको भए पनि शाखा लाइनको लागि ३ करोड खर्च भएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google