काठमाडौं । पश्चिम नेपालमा भुकम्पको धक्का महशुस गरिएको छ । बाजुरालगायतका जिल्लामा भुकम्पको धक्का महशुस भएको स्थानीयले बताएका छन् ।
मंगलबार दिउँसो २:४९ मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो ।
यस्तै ३:५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।