भिडियो हेरेर टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्नेकाे पहिचान गर्दै प्रहरी, दुई जना पक्राउ

दर्पण दैनिक ११ भाद्र २०८१,२०:४२
post

काठमाडौं । सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने दुई जना पक्राउ परेका छन् ।

सोमबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा सहभागी भएको गौरा पर्वको अवसरमा कार्यक्रममा ठूलो भीडमा जम्मा भएका युवाहरूले चर्को नाराबाजी गरेका थिए ।

चाडपर्वको कार्यक्रममा पुगेर नाराबाजी गर्दै बिथोल्न खोजेको आरोपमा प्रहरीले मंगलबार दुई जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

साथै, अन्य व्यक्तिहरुमाथि पनि अनुसन्धान भइरहेको रजौरेको भनाइ छ । उनका अनुसार विभिन्न मिडयामा आएका भिडियो र टुँडिखेल वरिपरिका सीसीटीभी फुटेजका आधारमा अन्यलाई पहिचान गर्ने कार्य भइरहेकाे छ ।

युवाहरूले नेताहरूप्रति आक्रोशित हुँदै ‘मुर्दावाद’को नारा लगाएका थिए । युवाहरूको उक्त शैलीप्रति ओली र देउवा दुवैले सम्बोधनको क्रममा आपत्ति जनाएका थिए । देउवाले ती युवाहरूलाई ‘बदमास’ भन्दै आक्रोश पोखेका थिए । तर, यस विषयमा पक्राउ परेका व्यक्तिहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: