जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा मैले महत्त्वपूर्ण ठानेको छु : रामचन्द्र पौडेल

दर्पण दैनिक २० फाल्गुन २०७९,१२:११
post

काठमाडौं । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्त्वपूर्ण ठानेको बताएका छन् । रासससँग कुराकानी गर्दै पाैडेलले यस्ताे बताएका हुन् । 

यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै उनले आफू प्रजातन्त्रका लागि ६ दशकदेखि लडिरहेका वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गरे । 

पूर्वसभामुखसमेत रहेका पौडेलले भने, ‘संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्त्वपूर्ण भूमिका हुन्छ । राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, जनताले अपेक्षा गरेअनुसारको यदि मैले आचरण र संविधानको परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् ।’

पूर्वउपप्रधानमन्त्री पौडेलले अर्को प्रसङ्गमा लोकतन्त्रप्रतिको निष्ठा र विगतका जिम्मेवारीले आफ्नो निष्ठा र तटस्थताको परीक्षण भइसकेको जिकिर गर्दै राष्ट्रपति पद संविधान र लोकतन्त्रको रक्षा गर्ने महत्त्वपूर्ण ठाउँ भएको बताए । 

उनले भने, 'निर्वाचनको तयारीका क्रममा जनताबाट निर्वाचित प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यसँग निर्वाचन केन्द्रित भेटघाट, छलफल र कुराकानी भइरहेको छ । पत्र तथा एसएमएसका माध्यमद्वारा पनि उहाँहरूसँग भोटका लागि अनुरोध गरेको छु। विभिन्न दलका नेतृत्वसँग भेटेरै कुराकानी भएको छ । मतदाता सबैसँग सम्पर्कमा पुग्ने र विश्वास दिलाउने काम भइरहेको छ ।'


उनले भने, 'मेरो जीवन दर्शन र जीवनभरको क्रियाशीलता तथा सङ्घर्ष भनेको लोकतन्त्र, देशको उन्नति र जनताको अधिकार प्राप्तिका लागि हो । यसका लागि जीवन बिताएर म यहाँसम्म आइपुगेको छु । मेरो सबैभन्दा ठूलो प्राथमिकता भनेको लोकतन्त्र र जनताको अधिकार हो। अहिलेको संविधान र व्यवस्था ७० वर्षसम्म लडेर ल्याइएको हो । त्यसैले संविधानको रक्षा नै पहिलो कर्तव्य हो । लोकतन्त्रका लागि मैदानबाटै लड्दै आएको मान्छे हुँ । परिवर्तनका यी उपलब्धिको रक्षा राष्ट्रपति पदबाट हुन्छ भन्ने मलाई लाग्छ । संविधान र लोकतन्त्रको रक्षा गर्न यो ठाउँ पनि महत्त्वपूर्ण छ। दल र अरु साथीहरूका बीच यही कुरामा सहमति भएर नै म उम्मेदवार बनेको छु । जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा तथा परिपालनाको विषयलाई मैले महत्त्वपूर्ण ठानेको छु ।'

आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार भएपछि नेपालको राजनीतिक वायुमण्डलमा सन्तोष र न्यायको अनुभूतिजस्तो देखिरहेको उनले बताए । उनले भने, 'मलाई लाग्छ, त्यो पदमा पुगेपछि जनताले अपेक्षा गरेअनुसार यदि मैले आचरण परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउँनेछन् ।'

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: