प्रतिनिधिसभाको बैठक आज पनि

दर्पण दैनिक २३ जेष्ठ २०८०,०६:४५
post

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।  बैठकमा आज पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । हिजोबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो । 

प्रतिनिधिसभा सदयस्यहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्नो धारणा राख्नेछन् । जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल प्रारम्भ भएको हो । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: