
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्नेछ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृत पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा दुईटा मतदान केन्द्र रहने छन् ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्यहरू मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरुको नामसूची पठाइसकेका छन्। राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।