उद्दारको पहल गरिदिन आग्रह गर्दै इजरायलबाट प्रधानमन्त्रीलाई नेपाली विद्यार्थीले लेखे पत्र

दर्पण दैनिक २२ आश्विन २०८०,१२:४६
post

काठमाडाैं । इजरायल र हमासबीचको युद्धमा फसेका एक नेपाली विद्यार्थीले आफूहरूलाई तत्कालै नेपाल फर्काइदिन आग्रह गरेका छन् । प्रधानमन्त्रीका नाममा एक पत्र लेख्दै उनले आफूहरू बंकरमा भोकभोकै बसिरहेको बताएका छन् । 

कास्कीको अन्नपूर्ण गाउँपालिका– २ का सुरज भण्डारीले आज २२ गते प्रधानमन्त्रीका नाममा पत्र लेखेका हुन् । यो पत्र उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । 

आफ्ना १० सहपाठीको निधनले स्तब्ध भएको भन्दै भण्डारीले देश फर्किन आतुर भएको लेखेका छन् । भण्डारी कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक अध्ययनरत छन् । उनी पढ्दै सिक्दै कार्यक्रमअन्तर्गत गत महिना मात्र इजरायल पुगेका थिए । 

उनले लेखेका छन्, ‘आकाशमा चरा उडेको देखेको हामीले आज मिसाइल र फाइटर पेलेन देख्नुपरेको छ । तिहारमा पटका खुसीका साथ रमाउँदै हेरेका हामी आज आफूअगाडि बन्दुक पड्किराखेको देखेर त्रसित छौँ । बंकरमा लुक्यो भन्ने बंकर भित्र नै छिरेर आक्रमण भइराखेको छ ।’ सरकार र प्रधानमन्त्रीको भरोसामा आफूले पत्र लेखेको भण्डारीले बताएका छन् । 


हेर्नुहोस् भण्डारीले लेखेको पत्र ।


श्रीमान् प्रधानमन्त्रीज्यू, 
नेपाल सरकार

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिन लागेका विद्यार्थी (११४) जना अहिले हामी इजरायल र हमासको द्वन्द्वकाे चपेटामा फसेका छौँ । ११ महिनामा यस देशबाट केही सीप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किँदै गइराखेको छ । हाम्रो आत्माबल घट्दै गइराखेको छ । हामी मानसिक तनावमा पुग्न आटिसकेका छौँ । अब धेरै सोच्ने परिस्थिति पनि बाँकी रहेन ।

आकाशमा चरा उडेको देखेको हामीले आज मिसाइल र फाइटर पेलेन देख्नुपरेको छ । तिहारमा पटका खुसीका साथ रमाउँदै हेरेका हामी आज आफूअगाडि बन्दुक पड्किराखेकाे देखेर त्रसित छौँ । बंकरमा लुक्यो भन्ने बंकर भित्र नै छिरेर आक्रमण भइराखेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले हाम्राे छाति चिरिएको छ । हामी स्तब्ध छौँ । हमलामा परियाे भने गोली निल्नुको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामी खाना र पानीको समस्यामा जुटनुपरेको छ । नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने बाहिर शाैचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर पुगिसकेको भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ । हामीलाई भरखरै हाम्रो देश फर्कन मन छ । 

आदरणीय प्रधान‌मन्त्रीज्यू, अबको हाम्रो आशा पनि तपाईं नै हो । भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् । हामी देशमा नै रमाउने छौँ ।

हामी नेपालको तीन वटा विश्वविद्यालयबाट यहाँ छौँ। कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय

सगै यहाँ अन्य विद्यार्थी र नेपाली नागरिक हुनुहुन्छ । छिटोभन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीकाे प्रत्याभूति तपाईंले अवश्य गराउनुहुनेछ, यो हाम्रो तपाईंप्रतिको विश्वास हो । यही विश्वासमा नै हाम्रो सास अडिएको छ ।

(युद्धको चपेटामा परेको नेपाली)
सुरज भण्डारी
कृषि तथा वन विज्ञान विश्वविद्यालय
(हाल ठेगाना)
-Kadesh Barnea, Israel
(नेपाली ठेगाना)
अन्नपूर्ण गाउँपालिका- २
कास्की)

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: