
सुनसरी । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको प्रमुख आतिथ्यतामा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा व्याग वितरण गरिएको छ । सुनसरीको धरान उप महानगरपालिका-४ मा रहेको श्री कालिका आधारभुत माध्यमिक बिद्यालयमा आज एक कार्यक्रमको आयोजना गरी संघकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाले बिद्यालयमा अध्ययनरत ३५ जना बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग वितरण गरेकी हुन् ।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाज सेवी, शिक्षाक शिक्षिका, श्रीमती संघका पदाधिकारीहरु तथा ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्ल लगायत प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले सेवा नै धर्म हो भन्ने भावनाका साथ निरन्तररुपमा यस्ता कार्यक्रमहरु संचालन गरिरहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google