पूर्वराजा ज्ञानेन्द्र शाहले दीप बालेपछि सुरू भयाे दुर्गा प्रसाईंको महाअभियानको

दर्पण दैनिक १ फाल्गुन २०७९,१६:२४
post

झापा । व्यवसायी दुर्गा प्रसाईंले सोमबारदेखि आफ्नो महाअभियानको थालनी गरेका छन् । सोमबार झापाको मेची पुलमा आयोजित एक समारोहमा प्रसाईंको महाअभियानको औपचारिक थालनी गरिएको हो ।

प्रसाईंले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यवसायिक वातावरणको माग गर्दै ‘नागरिक बचाऊ महाअभियान’ थालेका हुन् ।

उनको महाअभियानमा पूर्व राजपरिवारका सदस्यहरूको उपस्थिति रह्यो । पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट दीप बालेर महाअभियानको थालनी भएको छ ।

सर्वसाधारणको बाक्लो उपस्थिति रहेको उद्घाटन समारोहमा पूर्वराजा ज्ञानेन्दमा होइन, उनका छोरा पूर्व युवराज पारस शाह तथा पूर्व अधिराजकुमारी प्रेरणा शाह पनि उपस्थित भए । ज्ञानेनद्र र पारसलाई लामो समयपछि एउटै मञ्चमा देखिएको हो ।

मेचीपछि महाकाली तथा काठमाडौंमा दीप बालेर महाअभियान अघि बढाउने प्रसाईंको तयारी छ । केही दिनअघि उनले काठमाडौंमा महाअभियानको कार्यालय उद्घाटन गरेका थिए ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७