हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत काठमाडौं महानगरले रोप्दै बिरुवा

दर्पण दैनिक १७ असार २०८०,०७:३७
post

काठमाडाैं । काठमाडौं महानगरपालिकाको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत महानगरका विभिन्न क्षेत्रमा फूललगायत विभिन्न जातका बिरुवा रोप्न थालेको छ ।

यसै सिलसिलामा महानगरपालिकाको वडा नं २८ ले भने बागबजार क्षेत्रमा रहेका गमलासहित फूल तथा अन्य बिरुवा राखेको छ । भृकुटीमण्डप, राष्ट्रिय सभागृह रोड, शङ्करदेव क्याम्पस रोड, बागबजार क्षेत्र महाँकाल भैरव क्षेत्रमा गमलासहित बिरुवा राखेको हो ।

महानगरपालिकाको वडा नं २८ का वडासचिव मोक्षप्रसाद दुलालले वडाले एक सय ५५ वटा गमलासहित धुपी, समी, कपुर तथा फूलको बिरुवा रोपेको जानकारी दिनुभयो । उहाँका अनुसार महानगरपालिकाले सुरु गरेको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत अहिलेसम्म छ सय बिरुवा रोपिसकेको र सडक छेउछाउमा भने गमलामा बिरुवा राखिएको छ ।

उक्त अभियान सो वडाले गएको जेठबाट सुरु गरेको हो । महानगरपालिकाले यसअघि हरित विद्यालय अभियानसमेत सुरु गरेको थियो ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७