
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । अघिल्लो संसदका दुवै सदनले पारित गरेको विधेयक राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गरेका हुन् ।
यो विधेयक निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेकी थिइन् । आज नागरिकता विधेयक प्रमाणीकरण हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति पाैडेलबीच शीतल निवासमा भेटवार्ता भएकाे थियाे ।
प्रधानमन्त्री आज भारत भ्रमणमा जानुअघि बहुचर्चित र विवादित विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google