
काठमाडौं । न्याय परिषद्ले थप १९ जना न्यायाधीशको सरुवा गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले उच्च अदालतका १ र जिल्ला अदालतका १८ न्यायाधीशको सरुवा तथा पदस्थापन गरेको हो ।
परिषद्ले ३६ जिल्ला न्यायाधीश नियुक्ति पनि गरेको छ। रिक्त जिल्ला अदालतमा ३६ न्यायाधीशको नियुक्तिको निर्णय परिषद्ले गरेको हो। यस पटकको नियुक्तिमा कानुन व्यवसायीलाई भने समावेश गरिएको छैन ।
जिल्ला न्यायाधीशको नियुक्तिका लागि एक जनाले मात्र नाम निकालेपछि रिक्त पदमा सिफारिस गरिएको हो । परिषद्ले उनीहरूको पदस्थापन पनि गरेको छ ।
उच्च अदालत पोखरामा कार्यरत रहेका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको सरुवा उच्च अदालत विराटनगरमा गरिएको छ ।
यी हुन् सरुवा भएका १९ न्यायाधीश सूची हेर्न यहाँ क्लिक गर्नुहाेस