
काठमाडाैँ । मन्त्रीपरिषद् बैठकले सय रुपैँयाको नोटमा चुच्चे नक्सासहितको तस्विर राख्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्ने निर्णय गर्दै सो का लागि नेपाल राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो ।
त्यस्तै बैठकले ६ जना सचिवको सरुवा समेत गरेको छ । बैठकले दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गणेश पाण्डेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालय, दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, रेवतीरमण पौडेललाई कृषि विकासमा र गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google