कीर्तिपुरमा यात्रुबस दुर्घटना हुँदा त्रिविका प्राध्यापकको मृत्यु

दर्पण दैनिक २३ बैशाख २०८१,१८:३०
post

काठमाडौं । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ ख. २०२७ नम्बरको यात्रुबाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
आइतबार दिउँसो पौने तीन बजेको समयमा भएको दुर्घटनामा डा.गोविन्द रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक डा.रिजाल त्रिभुवन विश्वबिद्यालय, कृषि अध्ययन संस्थानका आंशिक प्राध्यापक हुन् ।


यात्रुहरू डम्बर पन्त, बिमला श्रेष्ठ तथा चालक रमेश लामा घाइते भएको प्रहरीले जनाएको छ ।  दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: