नेपालमा उपचार नहुने भएपछि भण्डारी आमाछोरालाई भारत लैजान सिफारिस

दर्पण दैनिक ४ फाल्गुन २०७९,०९:४०
post

काठमाडाैं । ग्याँस चुहिएर आगलागी भएपछि गम्भीर घाइते बनेका सांसद चन्द्र भण्डारी र आमा हरिकला भण्डारीको नेपालमा उपचार नहुने भएको छ ।

आगलागीपछि घाइते भण्डारी आमाछोरालाई सिभिल अस्पताल हुँदै किर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएर  उपचार गरिएको थियो । तर, किर्तिपुर अस्पतालले भण्डारी आमाछोरालाई भारत लैजान सिफारिस दिएको छ ।

चिकित्सकका अनुसार भण्डारीका आमाको ७० प्रतिशत भाग जलेको छ सांसद भण्डारीको ३० प्रतिशत भाग जलेको छ ।  सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्।

याे पनि : कांग्रेस सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट, भण्डारीसहित आमा घाइते

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: