
काठमाडाैं । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका-३ का लोकेन्द्र शाही अझै भेटिएका छैनन् । होली मनाउन कर्णाली पुलमा पुगेका १७ जना युवकले सोमबार साँझ पालैपालै नदीमा हाम फालेका थिए ।
तीमध्ये १६ युवक नदीबाट निस्किए पनि ३० वर्षीय शाही नदीमै हराएका हुन् । उनी बेपत्ता हुनासाथ प्रहरीले खोजी कार्य जारी राखे पनि अझै फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।
शाहीको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए । उनको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीलाई पनि खबर गरिएको डीएसपी चन्दले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google