गृह मन्त्रालयले गर्‍यो सीडीओहरूको सरुवा र पदस्थापन, काे कहाँ ?

दर्पण दैनिक १ असार २०८०,१८:१३
post

काठमाडाैं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । १ असारमा अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको मन्त्रालयले जानकारी दिएको हो ।

सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिवहरू, गृहमै अतिरिक्त समूहमा रहेकाहरूलाई पदस्थापन गरिएको र केही सीडीओको सरुवा गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सरुवा गर्दा अवधि पुगेको तथा सुगम र दुर्गम पनि हेरिएको छ ।

गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सीडीओ बनाइएको छ । त्यस्तै गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सीडीओ बनाइएको छ ।

त्यस्तै कञ्चनपुरका सीडीओ गोपाल प्रसाद अर्याललाई डोटीको सीडीओ बनाइएको छ । उता मकवानपुरका सीडीओ राजेन्द्र पाण्डेलाई सिरहाको सीडीओ बनाइएको छ । सिरहाका सीडीओ भोजराज खतिवडालाई खोटाङको सीडीओ बनाइएको छ ।

त्यस्तै डोटीकी सीडीओ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्वको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । त्यस्तै खोटाङका सीडीओ सूर्य सेढाईंलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । त्यस्तै रोल्पाका सीडीओ परमानन्द घिमिरेलाई काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

मन्त्रालयले कारागार कार्यालय मोरङमा गृह मन्त्रालयमा रहेका कृष्णबहादुर खड्कालाई सरुवा गरेको छ भने रामेछापका सहायक सीडीओ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरेको छ । त्यस्तै जाजरकोटका सहायक सीडीओ गंगाबहादुर क्षेत्रीलाई कास्कीको सहायक सीडीओ बनाइएको छ । काभ्रेका सहायक सीडीओ महेश कुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

काठमाडौंका विभिन्न कार्यालयहरू त्रिभुवन विमानस्थल अध्यागमन, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, अध्यागमन विभागलगायत कार्यलयमा कार्यरत र अवधि पुगेका २८ शाखा अधिकृतलाई काठमाडौंबाहिर सरुवा गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७