
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन भएको छ । प्रहरी प्रधान कार्यालयले एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
छानबिन निर्देशनालयमा ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषय, उमेर विवाद, नक्कली सर्टिफिकेट, आफ्ना छोराछोरीलाई विदेशमा राखेको लगायतका विषयमा ज्ञवालीविरूद्ध छानबिन निर्देशनालयमा उजुरी परेपछि छानबिनका लागि समिति गठन गरिएको प्रहरी प्रधान कार्यालय जनाएको छ ।
गत चैतमा सुनको तस्करी प्रकरणको छानबिन गर्न बनाएको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि तत्कालीन समयमा सीआईबी प्रमुख रहेकी एआईजी किरण बज्राचार्यलाई कार्य विभागमा सरुवा गरेर मन्त्रिपरिषद् बैठकले सीआईबी एआईजी ज्ञवालीको सरुवा गरेको थियो । ज्ञवाली उमेर हदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकाशमा जाँदैछन् ।










































































































































































































































































.jpg)















































































































































.jpg)













































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google