यी हुन् संसदीय सुनुवाइ समितिमा जाने राष्ट्रियसभाका सदस्यहरू

दर्पण दैनिक १३ बैशाख २०८०,१६:५६
post

काठमाडौं । प्रतिनिधिसभाले टुंगो नलगाउँदै राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम टुंग्याएको छ । संघीय संसद्का दुवै सदनको प्रतिनिधित्व रहने संयुक्त समिति मध्येको संसदीय सुनुवाइ समितिमा १५ सदस्यमध्ये तीन सदस्य राष्ट्रियसभाबाट हुने व्यवस्था छ । त्यसका लागि राष्ट्रियसभाले आज नाम टुंग्याएको हो । 

राष्ट्रियसभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेको थिए । अध्यक्षले प्रस्ताव गरेका एमालेका देवेन्द्र दाहाल, कांग्रेसका रमेशजंग रायमाझी र माओवादी केन्द्रका जगप्रसाद शर्माको नामलाई राष्ट्रियसभाले अनुमोदन गरेको छ । 

अब राष्ट्रियसभाका तर्फबाट यी तीनजना सदस्य रहन्छन् । बाँकी १२ जना प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्छन् । यसअघि सोमबार बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षको बैठकले संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले पाउने सहमति गरेका छन् । 

संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी तथा सरकारले नियुक्त गर्ने राजदूतको सुनुवाइ गरी नियुक्ति सिफारिस गर्ने गर्दछ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७