जाजरकोट । गैर आवासीय नेपाली संघ एनआरएनएले जाजरकोटका भूकम्प प्रभावितहरुलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । काठमाडौंबाट अध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) नेतृत्वको टोलीले जाजरकोट भूकम्पको इपीसेन्टर नलगाडमा पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो । संघका तर्फबाट अध्यक्ष शर्मा र महासचिव बुद्धिसागर सुवेदीले त्रिपाल ५०० सय थान, म्याट्रेस २ हजार मिटर, ब्ल्याङकेट ÷कम्बल ७५० थान र चामल ५० बोरा हस्तान्तरण गरेको हो । एनआरएनएले कार्तिक १७ गतेको भूकम्पपछि प्रभावित नागरिकहरुलाई राहत सामग्रीहरु नगरपालिकालाई हस्तान्तरण गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नारायण खत्रीले जानकारी दिए ।
भूकम्प गएपछि एनआरएनए शर्मा नेतृत्वको टोली सुरुमा बाँकेको नेपालगञ्ज पुगेर घाइतेहरुलाई आर्थिक सहयो गरेको थियो भने सोमबार रुकुम पश्चिम पुगेको थियो । भूकम्प प्रभावित क्षेत्रमा पुगेको टोलीमा अध्यक्ष शर्मासहति,निबर्तमान अध्यक्ष रविना थापा,निवर्तमान उपाध्यक्ष नरेन्द्र भाट,उपाध्यक्ष राज रेग्मी,गंगाधर गौतम,महासचिव बुद्दीसागर सुवेदी,सचिव लोक दाहाल,युरोप संयोजक चिन्तामनि सापकोटा,युरोप महिला संयोजक गीता खनाल थापा, एनआरएनए अभियन्ता नारायण थापा,शनि कुमार ओली,बन्दना शर्मा, ओम शर्मालगाएत छन् । राहत हस्तान्तरण गरेपछि अध्यक्ष शर्माले विदेशमा बस्ने नेपालीहरुले उठाएर प्रारम्भिक राहतका लागि सामग्री ल्याएको बताए । नपाएका ठाउँका प्रभावितहरुलाई पुर्याइदिन पनि अध्यक्ष शर्माले आग्रह गर्दै एनआरएन भनेको विदेशमा बस्ने ८० लाख नेपालीको भावनासँग जोडिएकाले बास्तविक प्रभावितसमक्ष पुग्नेमा आफू आशावादी रहेको पनि बताए । त्यसैगरी भूकम्प पछिको पुननिर्माणका काममा पनि एनआरएनले सहयोग गर्ने प्रतिवद्धता जनाए । अब भूकम्प प्रभावित घरहरु बनाउन आवश्यक रहेको भन्दै त्यसको डिजाइन लगायतका कुराहरुमा एनआरएनले सहयोग गर्ने पनि प्रष्ट पारे । यसैगरी एनआरएनले भूकम्प प्रभावित क्षेत्रका मानिसहरु त्रासमा रहेको बताउँदै त्यसका लागि उनीहरुलाई काउन्सिलिङको आवश्यकता रहेको र त्यो काम एनआरएनले गर्न सक्ने पनि जानकारी गराए ।
अहिलेको सहयोग तत्कालका लागि भएको बताउँदै आउँदा दिनमा दीर्घकालिन काम गर्न पनि एनआरएनए तयार रहेको बताए । आगामी दिनमा पुननिर्माण गर्दा घर, विद्यालय लगाएतका संरचनाहरु निर्माण गर्नका लागि विदेशमा बसेका नेपालीले जानेको सिप र ज्ञानलाई उपयोग गर्नका लागि एनआरएनले समन्वयकारी भूमिका निर्वाह गर्ने पनि प्रष्ट पारे ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)






































































































































































































































































































































.jpg)












































































































































.jpg)











































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google