
काठमाडौं । काठमाडौंका लागि रामेछापबाट छुटेको एक यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा परेको छ ।
दुर्घटनामा १२ जना घाइते भएकोमा दुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जानकारी दिएको छ । अन्यको अवस्था सामान्य रहेको छ ।
प्रहरीका अनुसार रामेछापको गुराँसेबाट छुटेको बा२ख ८४१८ नम्बरको सो बस चौरीदेउराली–४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको थियो ।
गाडीको ब्रेक फेल भएका कारण नालामा लगेर ठोक्काएको बताइएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google