सुकेधारामा भेटिएको शव खोटाङका भीषण गिरीकाे भएकाे पुष्टि

दर्पण दैनिक १ जेष्ठ २०८१,११:३३
post

काठमाडौं । काठमाडौं महानगरपालिका-४ सुकेधारामा भेटिएको शवको पहिचान खुलेको छ । मृतक खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका ४४ वर्षीय भीषण गिरी रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

सुकेधारा चोकको रोयल मार्बल नजिकैकको सडकको नालामा उनी मृत अवस्थामा मंगलबार बिहान भेटिएका थिए । नालामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । गिरीका आफन्त समेत प्रहरीको सम्पर्कमा पुगिसकेका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: