
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमाकुमारी चन्दले पाएकी छन् ।
यसअघिका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएर गएपछि चन्दलाई नयाँ प्रवक्ता तोकिएको हो ।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बुधबार अधिकारीको बिदाइसँगै चन्दलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google