
ललितपुर । बागमती गाउँपालिका ३ भट्टेडाँडाको भैँसेका आगलागी पीडित परिवारलाई श्रीकृष्ण प्रणामी युवा परिषद नेपालले आर्थिक सहयोग प्रदान गरेको छ ।
शुक्रबार भैँसेमा श्रीकृष्ण प्रणामी धर्म जागरण सम्बद्ध श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद र श्रीकृष्ण प्रणामी बाईजुराज महिला समितिका प्रतिनिधिको उपस्थितिमा नगद रु ७५ हजार सहयोग गरएिको हो ।
गत वैशाख ९ गते बागमती गाउँपालिका ३ भट्टेडाँडास्थित भैँसे निवासी रामशरण सापकोटाको घरमा विद्युत शर्ट भई आगलागी भएको थियो । सो आगलागीमा ४२ लाख बराबरको धनमाल नष्ट भएको थियो ।
राहत सहयोग वितरण कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्मा, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल ललितपुरका अध्यक्ष कृष्ण खड्का, केन्द्रीय सदस्य प्रमोद थापा, नवतनधाम सेवा समितिका सदस्य भुपेन्द्रमान प्रधान युवा परिषद बागमती प्रदेश सदस्य गुन्जा देवकोटा तथा युवा परिषदका जिल्ला पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
श्रीकृष्ण युवा परिषद जिल्ला कमिटिको अगुवाईमा श्रीकृष्ण प्रणामीसम्बद्ध संघसंस्थामार्फत सहयोग संकलन गरी पीडितलाई उपलब्ध गराईएको परिषदका सचिव सचिन्द्र महर्जनले बताए ।

युवा परिषदका जिल्ला अध्यक्ष कृष्ण खड्काले पीडितको घाउमा मलम लगाउने उद्देश्यले श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला समिति ललितपुरको अगुवाइमा, श्रीकृष्ण प्रणामी युवापरिषद् नेपाल भक्तपुर, काठमाडौं जिल्लाको सक्रियता, श्रीकृष्ण प्रणामी सेवासमिति नेपाल, बाइजुराज महिला समिति नेपाल को सहकार्य र अन्य सहयोगी संस्था र व्यतिहरुको तर्फबाट सहयोग रकम संकलन गरी उपलब्ध गरिएको बताए।
खड्काले दुःखमा थोरै रकमले पनि धेरै सहयोग पुग्ने भन्दै सामाजिक कार्य र विपदको समयमा संस्थाले निरन्तर रुपमा विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्माले प्रणामी सेवा समिति २०२३ सालमा स्थापना भई नेपालको पहिलो धार्मिक संस्थाको रुपमा धर्म जागरण र सामाजिक क्षेत्रमा क्रियाशील रहेको बताए । उनले भने, ‘हामी प्रणामी फजुल खर्च गदैँ माछामासु सेवन गर्दैनौ, त्यसकारण पनि हामी मानवलाई दुख विपत परेको समयमा सहयोग गर्ने प्रेरणा मिल्छ ।’
कोरोना महामारी, भुकम्पको समयमा पनि श्रीकृष्ण प्रणामी सम्बद्ध संस्थाहरुले पीडितलाई देशका विभिन्न स्थानमा गई सहयोग गरेको शर्माको भनाई छ ।
‘दुर्व्यसन त्यागौं, सेवामुखी बनौँ’ भन्ने मूल उद्देश्य बोकेको श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएको छ ।














































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)



















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google