काठमाडौं । धरानबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस आज बिहान तनहुँको घासीकुवा भन्ने ठाँउमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा साँगुरीगढीका ४५ वर्षिय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५० वर्षका टोकबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
धरानबाट पोखरातर्फ छुटेको ग १ ख ७८९५ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका- १२ घाँसीकुवामा आज बिहान पौने ६ बजे सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा परि ३४ जना घाइते भएका छन् । घाइते मध्ये ९ जनालाई उपचारको लागि पोखरा पठाइएको छ । अन्यको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक खाणले जानकारी दिए ।
तस्विर : रासस
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google