काठमाडौँ । नेपाल प्रहरी श्रीमती संघद्वारा सञ्चालित आसरा सुधार केन्द्रको २९औ वार्षिकोत्सवको अवसरमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई कम्प्युटर, प्रिन्टर तथा युपिएस हस्तान्तरण गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष भावना श्रेष्ठ खापुङ्ले काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीलाई ५ थान कम्प्युटर, ५ थान प्रिन्टरसहित युपिएस हस्तान्तरण गरेकी हुन् ।
भदौ २३ र २४ गते उपत्यकाका विभिन्न ठाँउहरूमा आन्दोलन तथा प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीमा परेका नेपाल प्रहरीका विभिन्न कार्यालयहरूमा पुगेको क्षतिलाई मध्यनजर गर्दै नेपाल प्रहरी श्रीमती संघको तर्फबाट काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एआइजी कार्कीले नेपाल प्रहरी श्रीमती संघले विगतको समयमा पनि विभिन्न प्राकृतिक विपत्तिबाट पीडित परिवार तथा समुदाय लगायत पिछडिएको क्षेत्रमा आवश्यक सहयोग गरेको स्मरण गर्दै आसरा सुधार केन्द्रको २९औ वार्षिकोत्सवको शुभकामना व्यक्त गरे । साथै नेपाल प्रहरी हरेक विषम् परिस्थितिमा अग्र पङ्क्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले, समाजमा प्रहरीको आवश्यकतालाई बोध गरी यस विषम् परिस्थितिमा सहयोग गरेकोमा काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट नेपाल प्रहरी श्रीमती संघलाई धन्यबाद दिए ।
नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष खापुङ्ले नेपाल प्रहरी परिवारको एकताको रुपमा रहेको नेपाल प्रहरी श्रीमती संघको तर्फबाट हरेक समयमा देश र नागरिकको सेवामा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा समेत नेपाल प्रहरीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)












































































































































































































































































.jpg)












































































































































.jpg)


















































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google