पूर्वाराजासँग राप्रपा नेतृत्वको सामूहिक भेट

दर्पण दैनिक ८ चैत्र २०७९,१६:४२
post

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुले झापा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग सामूहिक भेटवार्ता गरेका छन् । भेटमा देशको समसामयिक परिस्थिति र राजसंस्था पुनर्स्थापनाको विषयमा छलफल भएको थियो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र महामन्त्री डा. धवलशम्शेर राणा पूर्वराजालाई भेट्न झापा पुगेका थिए । पूर्वराजाकै प्रस्तावमा यो भेटघाट भएको बुझिएको छ ।

राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले भेटवार्ताका क्रममा पूर्वराजाबाट देशको अवस्थाबारे चिन्ता प्रकट भएको बताए ।

‘अहिले नेपालको विग्रदो आर्थिक स्थिति, राजनीतिमा देखिएको अस्थिरताले राष्ट्रमा पर्न सक्ने असरबारे उहाँको चिन्ता थियो,’ डा. लोहनीले भने । सबै राजनीतिक शक्तिहरुले देशको समस्या समाधानका लागि मिलेर काम गरुन् भन्ने पूर्वराजाको चाहना रहेको उनले उल्लेख गरे ।

डा. लोहनीले राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाको विषयमा पनि छलफल भएको बताए । ‘मुख्य एजेन्डा यही नै थियो । उहाँबाट समग्र राजनीतिक विश्लेषण भयो, तर कसरी जाने भन्ने चाहीँ राजनीतिक दलहरुले निर्णय गर्ने विषय हो भन्ने धारणा व्यक्त गर्नुभयो,’ उनले भने ।

पूर्वराजा लामो समयदेखि झापामा रहेको आफ्नो निजी निवासमा छन् । केही दिनअघि उनी त्यतैबाट भारत भ्रमणमा गएर फर्किएका हुन् । उनी झापामा नै राजनीतिक भेटघाटहरु गरिरहेका छन् ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७