'अर्को पार्टीको दर्ता खारेज गर्न बाहिरकाले भन्न मिल्दैन'

दर्पण दैनिक २० माघ २०७९,१६:३०
post

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एउटा दलको व्यक्तिले निवेदन अर्को दल खारेजका लागि निवेदन दिन नमिल्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजका लागि परेको निवेदनका विषयमा यस्तो बताएका हुन् । 

'अर्को पार्टीको दर्ता खारेज गर्न बाहिरकाले भन्न मिल्दैन,' थपलियाले भने । उनले राजनीतिक दलसम्बन्धी ऐनको दफा १२ र १३ मा तथा संविधानमा त्यसबारे व्यवस्था भएको पनि बताए । 

रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनले दर्ता गरेको दल खारेज गर्न युवराज पौडेल सफलले आयोगमा निवेदन दिएका छन् । पौडेलले नेपाली नागरिकको हैसियतले दल दर्ता खारेजीको माग गरेका छन् । आयोगले पौडेलका नाममा दर्ता भएको पार्टी यस अघि नै खारेज गरिसकेको छ । उनको नाममा आयोगमा अहिले कुनै पार्टी अस्थित्वमा छैन ।
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७