काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि यही फागुन २५ गते चुनाव हुँदै छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि नमुना मतपत्र बनाएको छ । सार्वजनिक नमुना मतपत्रअनुसार केन्द्रीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र हुनेछन् ।
रातो मतपत्र प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यका लागि प्रयोग गरिनेछ भने हरियो मतपत्र प्रदेशसभाका सदस्यहरूलाई दिइनेछ । राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभाका सांसद र प्रदेशसभाका सदस्य मतदाता हुन्छन् ।
त्यसका लागि आठ दलको समर्थनमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।
नमुना मतपत्र :