काठमाडौं । नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्रप्रसाद मैनालीज्यू मिति २०८१ जेठ १० गतेबाट उमेर हदका कारण सेवाबाट अनिवार्य अवकास हुने भएकोले आज नेपाल प्रहरी शिक्षालयमा औपचारिक कार्यक्रम आयोजना गरी बिदाई सम्पन्न गरिएको छ । बिदाई कार्यक्रममा शिक्षालयका प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले बिदाई भई जाने प्रहरी नायव महानिरीक्षकलाई शिक्षालयको तर्फबाट मायाको चिनो प्रदान गरी शुभकामना मन्तव्य व्यक्त गरएिको थियो ।
शुभकामना मन्तव्य राख्ने क्रममा डिआईजी मैनालीले समाजमा अपराध नियन्त्रण गर्ने, अपराधको प्रभावकारी अनुसन्धान गरी शान्ति सु–व्यवस्था कायम गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको पवित्र संगठनमा सेवा गर्न पाउनु नै एउटा नागरिकको लागि गर्वको कुरा भएको बताए ।
प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनाली करिव २८ बर्ष ०६ महिना १३ दिन अविछिन्न सेवा गरी नेपाल प्रहरीका बिभिन्न प्रहरी इकाईहरुमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरी प्रहरी जीवनबाट अवकास भएका हुन् ।