काठमाडौं । भगवान शिवको पूजा आराधना गरी मनाइने महाशिवरात्रि पर्व आज धूमधामसँग मनाइँदै छ । महाशिवरात्रि मेलाका लागि पाशुपत क्षेत्रमा ४ हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाई बिहीबारदेखि नै लागू गरेको जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले ३ चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए । उनीहरू आज राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिनेछन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रूपमा उक्त सुरक्षा योजना बनाई लागू गरेको उनले बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिने छ । सो अवसरमा आपतकालीन उद्धार टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनले बताए ।
मेलामा सहभागी हुन आउनेलाई प्रहरीले आफ्नो स्वास्थ्यको ख्याल गर्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नगद तथा बहुमूल्य सामान, गरगहना लगायत भिडभाडमा सकेसम्म नबोक्न अनुरोध गरेको छ । त्यस्तै मादक तथा लागुपदार्थ सेवन नगर्न पनि प्रहरीको अनुरोध छ ।
मेलाका कारण भिडभाड हुने भएकाले ट्राफिक प्रहरीले विभिन्न स्थानमा सवारीसाधन ‘डाइभर्सन’ हुने जनाएको छ । ट्राफिक प्रहरीका अनुसार गौशाला क्षेत्रतर्फ जाने सवारीसाधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिनेछ ।
त्यसैगरी मालवाहक सवारीसाधनलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ । चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातो पुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामोपोखरी कुटुबहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ जाने सवारीसाधनलाई आवश्यकता अनुसार डाइभर्सन गर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
मालवाहक तथा ढुवानीका सवारी साधनबाहेक अन्य सार्वजनिक र भक्तजनका निजी सवारी साधनलाई ट्राफिक चाप र अवस्था हेरी व्यवस्थापन र डाइभर्सन गरिने प्रहरीले जनाएको छ ।
यस्तै पार्किङका लागि ५ ठाउँमा स्थान छुट्याइएको छ । दर्शनार्थीहरूका लागि सिफल चौरमा पार्किङको व्यवस्था गरिएको छ भने सरकारी र सुरक्षाकर्मीहरूका लागि कोषको कार्यालयमा र भण्डारखालमा पार्किङ गर्न सकिने छ । तिलगंगाको खाली स्थान र करिडोरमा तीर्थालु, दर्शनार्थी र पर्यटकका सवारीसाधन राखिनेछ भने वनकालीमा शिविर सञ्चालन गर्ने संघ, संस्था, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीहरूको सवारीसाधन राखिनेछ । गुह्येश्वरीपारि पनि तीर्थालु, दर्शनार्थीका सवारीसाधन राख्न ठाउँ छुट्याइएको छ ।










































































































































































































































































.jpg)















































































































































.jpg)














































































































































































.jpg)



















































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google