काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौं स्थानान्तरण हुने भएको छ । परिसर कार्यालय भद्रकालीस्थित नयाँ भवनमा स्थानान्तरण गर्न लागिएको हो ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प पश्चात टेकुस्थित तत्काल नेसनल ट्रेडिङ्ग लिमिटेड (हाल नेपाल आयल निगमको) केन्द्रीय कार्यालयको परिसरमा स्थानान्तरण भई कार्यालयको दैनिक काम कार्य गर्दै आइरहेको थियो ।
हाल परिसरको लागि भद्रकालीस्थित जग्गामा भवन पूर्ण रुपमा निर्माण भई सकेको र उक्त नव निर्मित भवनमा असार २२ गते (शनिबार) का दिन स्थानान्तरण हुने प्रहरी परिसरले जनाएको छ । सो भवनबाट आइतबारदेखि सम्पूर्ण सेवा प्रवाह गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google