दरौदी नदीमाथि सडकबिना मोटरेबल पुल बनाएपछि गण्डकी प्रदेशका पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

दर्पण दैनिक १४ फाल्गुन २०७९,१६:०१
post

काठमाडौं । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ४५ लाख ५२ हजार ६ सय ७१ रूपैयाँ बिगो दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गोरखाको गोरखा नगरपालिका वडा नं. ३ जरेवरस्थित दरौदी नदीमाथि सडकबिना मोटरेबल पुल बनाएर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले मरहठ्ठाविरुद्ध मुद्दा दायर गरेको हो । सोही कसूरमा अन्य दुई जना कर्मचारीमाथि पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम पदको दुरुपयोग गरी मरहठ्ठाले राज्यको सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियारले मुद्दा दायर गरिएको जनाएको छ ।

अख्तियारका अनुसार पूर्वसचिव मरहठ्ठाले दरौदी खोलामा काल्पनिक पुल निर्माणको डिजाइन गराएर भुक्तानी गराएका थिए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम अख्तियारले मरहठ्ठाविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७