स्थायी र स्वतन्त्र पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि ३ वर्ष हुने

दर्पण दैनिक ६ भाद्र २०८०,१८:३९
post

काठमाडौं । सूचना तथा प्रसारण विभागले सञ्चार प्रतिष्ठानका स्थायी पत्रकारलाई तीन वर्ष अवधिको प्रेस प्रतिनिधि प्रमाणपत्र दिने भएको छ । यसअघि एक वर्षका लागि मात्र दिइने प्रेस प्रतिनिधि प्रमाणपत्र स्थायी र स्वतन्त्र पत्रकारहरुलाई भने ३ वर्षको दिइने विभागले जनाएको छ ।

एक वर्षको मात्र प्रेस प्रतिनिधि प्रमाणपत्र दिँदा राजधानीभन्दा बाहिरका पत्रकार समस्यामा परेको भन्दै विभागले यस्तो निर्णय गरेको हो । अस्थायी पत्रकारको हकमा भने एक वर्षको नै प्रेस प्रतिनिधि प्रमाणपत्र दिइने विभागका प्रवक्ता भरत गौतम जानकारी दिए ।

कानुनमा प्रमाणपत्रको अवधि तीन वर्षको भए पनि विभागले एक वर्षभित्र नवीकरण नगरे पुरानो परिचयपत्र खारेज गर्ने गरेको पत्रकारहरुको गुनासो आएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसमा चासो देखाएकी थिइन् ।

उनका अनुसार छापाखाना र प्रकाशनसम्बन्धी नियमावली २०४९ को ११(१)मा प्रमाणपत्रको अवधि तीन वर्षको हुने उल्लेख छ । तर अभ्यासमा भने एक वर्षमै नवीकरण गर्ने प्रचलन रहेकाले त्यसमा सुधार गरेर नियवालीअनुसार तीन आर्थिक वर्ष नै अवधि बनाउने निर्णयमा विभाग पुगेको हो ।

विभागले एफएम रेडियो इजाजत/लाइसेन्स प्रतिलिपी पनि अनलाइनमै पाउने व्यवस्था गरेको छ । विभागको वेबसाइटको ‘अन्य’बाट प्रवेश गरेर निवेदन दिई सोको निर्णय पश्चात विभागबाट निवेदकको सम्बन्धित जिल्ला हुलाक कार्यालयमा सो प्रतिलिपि पठाइने व्यवस्था मिलाइएको विभागका प्रवक्ता गौतमले जानकारी दिए ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७