काठमाडाैं । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउले पानीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । रात्रि बस दुर्घटना हुँदा अन्य २० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
रुकुम पूर्वबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । बस सडकबाट करिब ३ सय मिटर तल पुगेको छ ।
अहिले उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google