काठमाडौं । सचिव बढुवा सिफारिस समितिले रिक्त सचिव(विशिष्ट श्रेणी) पदका लागि एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा शुक्रवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले परराष्ट्रतर्फ रिक्त एक सचिव पदका लागि सहसचिव सेवा लम्सालको नाम सिफारिस गरेको हो ।
मन्त्रालयका सचिव भरतराज पौड्याल गत मङ्गलवार उमेर हदका कारण अनिवार्य अवकाश भएसँगै रिक्त हुन पुगेको सचिव पदमा मन्त्रालयकी प्रवक्तासमेत रहेकी सहसचिव लम्सालको एकल सिफारिस भएको हो ।
निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव लम्सालको नाम मात्रै सिफारिस भएको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google