
काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरूलाई सुरक्षित स्थानतर्फ लगेको हो ।शनिबारदेखि जारी इजरायल र गाजाबीचको युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । युद्धग्रस्त क्षेत्र नजिकै रहेका नेपालीहरू बंकरमा रहेका थिए ।
आफूहरूलाई सुरक्षित स्थानमा सारिएको विद्यार्थी लुइस रिजालले बताए । उनले सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै आफूहरुको उद्धार भएकाले चिन्ता नलिन आग्रह गरेका छन् । यस्तै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्धारका लागि हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्स पठाउने निर्णय गरेको छ । इजरायल सरकार र दूतावाससँग समन्वय गरी नेपालीहरूको उद्वार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google