काठमाडाैं । प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी निरीक्षकहरुको काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङ, रुपन्देही, सुनसरी, सुर्खेत र पश्चिम रुकुममा कार्यरत पाँच जना प्रहरी निरीक्षकहरुको काठमाडौँमा काज सरुवा गरिएको हो ।
जसअनुसार भुपेन्द्र गिरीको बालाजु बृत्त, बेलबहादुर पौडेलको लैनचाचैर वृत्त, देउप्रसाद लिम्बुको काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्ब्र २ महाराजगन्ज र राजीव श्रेष्ठको काठमाडौ उपत्यका प्रहरी विशेष सुरक्षा गण त्रिपुरेश्वरमा काज सरुवा भएको छ ।