पत्रकारिता क्षेत्रलाई श्रमशोषण मुक्त क्षेत्र घोषणा गर्ने महाअभियानमा पत्रकार महासंघ,   प्रेस रजिष्ट्रारको कार्यालयमा धर्ना

दर्पण दैनिक १९ श्रावण २०८०,१४:३६
post

काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारका श्रम समस्या समाधानका लागि दबाबस्वरुप प्रेस रजिष्ट्रारको कार्यालयमा धर्ना दिनुका साथै प्रेस रजिष्ट्रारलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।धर्ना कार्यक्रमलाई सम्बोधन गर्दे नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रलाई श्रमशोषण मुक्त क्षेत्र घोषणा गर्ने महाअभियानमा महासंघ लागेको बताए ।
उनले पत्रकारका श्रम समस्यालाई सजिलै टुंग्याउन सकिने प्रकृया हुदाहुदै पनि राज्यका निकायहरुले नसुन्ने प्रवृत्ति बढ्दै गएका कारण सडकमा धर्ना तथा सामुहिक दबाबसहित आफ्नो आवाजलाई सरोकारवालासम्म पुर्याउन बाध्य भएको बताए ।  

उनले पत्रकारिता क्षेत्र श्रमशोषित क्षेत्र हो कि भन्ने गलत भाष्य स्थापित हुन लागेको भन्दै यसले नयाँ पुस्तालाई यस क्षेत्रमा आउन निरुत्साहन गरेको बताए । उनले पत्रकारिता क्षेत्रलाई थप गुणस्तर बनाउन र श्रम शोषण मुक्त क्षेत्र बनाउनका लागि समेत आन्दोलन गर्न बाध्य भएको बताए । सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा प्रेस रजिष्ट्रार शंकर नेपालले आफूले पाएको अधिकार क्षेत्रभित्र रहेर वर्ता, मेलमिलाप र मध्यस्तताका आधारमा पीडितलाई न्याय निरुपण गर्दै आएको बताए । उनले यी प्रकृयाबाट समस्या हल नभए प्रचलित कानुनअनुसार अघि बढ्न आग्रह गरेको बताए । उनले  प्रेस रजिष्ट्रारको  तोकिएको भूमिका विभागले निर्वाह गर्दै आएको बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले नेपाली पत्रकारिता क्षेत्र श्रम अधिकार प्राप्तिको लडाँइमा रहेको बताए । उनले भने,  ‘कोभिड पछि श्रम समस्या निक्कै पेचिलो बन्दै आएको छ ।’
 पत्रकारलाई सेवाबाट निकाल्ने, कानुन अनुसारका कुनै पनि सेवा सुविधा नदिने, काम गर्ने वातावरण नदिने, हतोत्साहित गर्ने र पत्रकारिता जस्तो प्राज्ञिक पेशामा अत्यन्तै गैरव्यवसायिक आचारण प्रकट भएको हुनाले, खासगरी सञ्चारगृह र कर्पोरेट भनिएका सञ्चारगृहबाट यस्तो खालको व्यवहार भएकाले महासंघले निरन्तर दबाब दिने, संवाद गर्ने, कानुनी लडाँइ लड्दासमेत उचित समाधान निस्किन सकेन । ’

उनले पत्रकारिता क्षेत्रमा देखिएको पेशागत असुरक्षाको वातावरण  दिनानुदिन बढ्दै गहिरहेका कारण सञ्चारगृहमा पनि यस्तै खाले धर्ना दिने बताए । महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारको कार्यालयमा निवेदन दर्ता गर्न समेत समस्या झेल्नुपरेको भन्दै यस्ता समस्या अन्त्य गर्न आग्रह गरे  ।   नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको हक अधिकार स्थापित गर्न चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।  सोही अनुसार आज प्रेस रजिष्ट्रारको कार्यालय घेराउ गर्नुका साथै ज्ञापनपत्र बुझाएको हो ।  कार्यक्रममा महासंघका पदाधिकारी तथा केन्दीय सदस्यसहित  सरोकारवालाको उपस्थिति रहेको थियो ।


महासंघले बुझाएको ज्ञापनपत्र यसप्रकार रहेको छ ।


मिति : २०८०।०४।१९

श्री प्रेस रजिष्ट्रारज्यू

संचारग्राम, काठमाडौं ।


विषय : ध्यानाकर्षण सम्बन्धमा ।

नेपाली संचार क्षेत्रमा श्रम अधिकारको मुद्दा शसक्त ढंगबाट उठ्दै आएको यहाँलाई अवगत नै छ । विषेशगरी श्रमजीवी पत्रकारहरूले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेको सेवासुविधा र न्यूनतम पारिश्रामिकसमेत प्राप्त गर्ने वातावरण नभएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानार्कषण भएको छ । पछिल्ला दिनहरूमा श्रमजीवी पत्रकारलाई ऐनले व्यवस्था गरेअनुसारको सेवासुविधा नदिई पारिश्रामिक कटौती गर्ने, समयमा पारिश्रामिक नदिने, सेवाबाट हटाउने तथा सेवाबाट हटाउँदा सेवासुविधा नदिने समस्या वृद्धि भएकाले श्रमजीवी पत्रकारको श्रम अधिकारको पक्षमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको जानकारी गराउँदछौं । श्रमजीवी पत्रकारको श्रम अधिकारको समस्याका बारेमा महत्वपूर्ण जिम्मेवारीमा रहेको प्रेस रजिष्ट्रारले समेत प्रभावकारी काम नगरेकोप्रति महासंघ गम्भीर चिन्ता प्रकट गर्दै निम्न बुँदामा ध्यानाकर्षण गराउँदछ ।  

१.सम्मानित सर्वोच्च अदालतको आदेश र श्रमजीवी पत्रकार ऐनको व्यवस्थाअनुसार छुट्टै अधिकार सम्पन्न प्रेस रजिष्ट्रारको नियुक्तिको माग गर्दछौं ।

२ प्रेस रजिष्ट्रारको समेत भूमिकामा रहेको सूचना तथा प्रसारण विभागका महानिर्देशकले प्रेस रजिष्ट्रारको भूमिका र कार्य सम्पादन प्रभाकारी ढंगबाट गर्न माग गर्दछौं ।
३ श्रमजीवी पत्रकारका गुनासा र उजुरीलाई बिनाझन्झट र बिनासर्त दर्ता गरी प्रक्रिया अघि बढाउन माग गर्दछौ ।

४ श्रमजीवी पत्रकार  ऐनले दिएको अधिकार प्रयोग गरी ऐन कार्यान्वयन नगर्ने संचार माध्यमका सेवासुविधा रोक्का गरी थप कारवाही गर्न माग गर्दछौं ।

५. श्रमजीवी पत्रकारका उजुरी तत्काल सुनुवाई गरी समाधान हुन नसकेमा तत्काल श्रम विभाग र श्रम अदालतमा जाने मार्गप्रशस्त गर्ने वातावरण निर्माण गर्न माग गर्दछौ ।

६ प्रेस रजिष्ट्रार कार्यालय र सूचना तथा प्रसारण विभागबाट प्रवाह हुने सेवा छिटो छरितो र सहज ढंगबाट प्रवाह गर्ने व्यवस्था गर्न माग गर्दछौं ।


रोसन पुरी

महासचिव

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: