
काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकारीहरू सर्वोच्च अदालत पुगेका छन् । आज (बुधबार) २१ जना प्रहरी अधिकारीले सो व्यवस्था हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् । ३० वर्षे सेवा अवधि व्यवस्थाका कारण यही १५ भदौमा सेवानिवृत्त हुन लागेका अधिकारीसहितले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
१६ भदौ २०५१ मा प्रहरी सेवामा प्रवेश गरेका नेपाल प्रहरीका ९० जना र सशस्त्र प्रहरीका १८ जना १५ भदौमा सेवानिवृत्त हुँदैछन् । उनीहरूले उमेर हद बाँकी रहे पनि सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानुपर्ने भएएपछि ३० वर्षे सेवा अवधिको व्यवस्था हटाउन माग गरेका हुन् ।
प्रहरीमा यो सेवा अवधिको व्यवस्था हटाउनुपर्ने माग धेरै पहिलादेखि उठे पनि सो समस्या समाधान हुन सकेको छैन ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google