काठमाडाैंको सामाखुसीमा बाढीले बगाउँदा १३ वर्षीय बालक बेपत्ता

दर्पण दैनिक ७ श्रावण २०८०,२१:०७
post

काठमाडाैं । राजधानीको सामाखुसीमा एक बालकलाई बाढीले बगाउँदा बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले आइतबार साँझ १३ वर्षीय बालक साजन मगरलाई बगाएको हो । 

भोजपुर घर भई सामाखुसी बस्दै आएका ती बालकको खोजी कार्यमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी सीताराम रिजालले जानकारी दिए  । उनी भानुभक्त माविमा कक्षा ६ मा पढ्ने बालक भएको खुलेको छ । 

 जल तथा मौसम विभागले आइतबार साँझको वर्षापछि सामाखुसी र सो आसपासको क्षेत्रमा विष्णुमती नदीको बाढीले खतराको तह पार गरेको जनाएको छ । महाशाखाले सो नदी तटीय क्षेत्रका सर्वसाधरणलाई सचेत रहन आग्रह गरेको छ । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५