काठमाडाैँ । रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर २ जानको मृत्यु भएको छ । पहिरोमा परेर ८ जना बेपत्ता भएका छन् ।
पहिरोमा परेर मृत्यु भएका २ जनाको शव पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
शनिबार राति भीषण वर्षापछि आएको पहिरोले गाउँपालिकाको २ र ३ नम्बर वडा जोडने ढाईगाउँ खोलाको पक्की पुल बगाएको छ । पहिराले गरेको क्षतिका बारेमा थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google